आजबाट बजेट अधिवेशन सुरु हुँदै

आजबाट बजेट अधिवेशन सुरु हुँदै

२०८०, बैशाख २४ आइतवार

  • 609
    SHARES

  • आजबाट बजेट अधिवेशन सुरु हुँदै

    काठमाडौं । आजबाट बजेट अधिवेशन सुरु हुने भएको छ । जसअनुसार संघीय संसद् अन्तर्गतका दुवै सदनका बैठक आज आइतबारदेखि सुरु हुदैँछ ।

    पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आजका लागि आव्हान गरेका हुन ।

    प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद् सचिवालय, बानेश्वरमा बस्ने महासचिव भरतराज गौतमले जानकारी दिएका छन् ।

    आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल सुरू हुनेछ ।

    २०८०, बैशाख २४ आइतवार०६:३५:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार