आज यी चार प्रदेशमा हुँदैछ मेघगर्जनसहित वर्षा

आज यी चार प्रदेशमा हुँदैछ मेघगर्जनसहित वर्षा

२०८०, बैशाख २६ मंगलवार

  • 541
    SHARES

  • आज यी चार प्रदेशमा हुँदैछ मेघगर्जनसहित वर्षा

    काठमाडौं । हाल देशमा  स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

    दिउँसो  देशको पहाडी भू-भागका आंशिक बदली रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

    कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। देशका तराई भू-भागका केही स्थानहरूमा सामान्य हावाहुरीको सम्भावना रहेको छ ।

    राती भने  देशको पहाडी भू-भागका आंशिक बदली रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

    सुदूरपश्चिम प्रदेश र  कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

    २०८०, बैशाख २६ मंगलवार०७:१५:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार