पेशागत महासंघको भवन एमालेनिकट महासंघको रहेको दाबी, भवन प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीको अवरोध

पेशागत महासंघको भवन एमालेनिकट महासंघको रहेको दाबी, भवन प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीको अवरोध

२०८०, बैशाख २६ मंगलवार

  • 1.1K
    SHARES

  • पेशागत महासंघको भवन एमालेनिकट महासंघको रहेको दाबी, भवन प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीको अवरोध

    काठमाडौं । काठमाडौंको लैनचौरस्थित पेशागत महासंघ नेपालको भवन नेकपा एमाले निकट पेशागत महासंघले दाबी गरेको छ ।

    झण्डैँ ५ लाख श्रमजिवी कर्मचारीहरुबाट सुका आना उठाएर निर्माण गरिएको भवन आफ्नो रहेको महासंघले जिकिर गरेको छ । हाल उक्त भवनमा नेकपा एकिकृत समाजवादी निकट महासंघका पदाधिकारी बस्दै आएका छन् । 

    4.jpg

    मंगलवार दुग्ध विकास संस्थान कर्मचारी संघले नवनिर्वाचित महासंघका पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रम पश्चात अध्यक्ष पुण्य प्रसाद ढकाल, उपाध्यक्ष भोला पोखरेल, हरि कुमार श्रेष्ठ, महासचिव केदार प्रसाद देवकोटा सहितको सयौको समूह भवन नजिक पुगेपछि सुरक्षा निकायले अवरोध गरेको हो । 

    कार्यक्रम पश्चात आफ्नो भवन अबैध समूहले कव्जा गरेको भन्दै संघका कार्यकर्ताले आन्दोलन गरेका थिए। 

    ‘पेशागत नेपाल महासंघको लैनचौरस्थित भवन खाली गर, सम्पूर्ण सम्पत्ति फिर्ता गर’ लेखिएको ब्यानरसहित उनीहरूले आन्दोलन गरेका हुन्।

    6.jpg

    यद्यपि सुरक्षा निकायको बाक्लो घेराका कारण आजलाई कोण सभा गरेर समापन गएिको छ । त्यस्तै भवन फिर्ता नहुन्जेल आफ्नो आन्दोलन जारी रहने नेताहरुले बताएका छन् । 

    अन्तरराष्ट्रिय श्रमिक संगठनले समेत समाजवादिको महासंघलाई नस्विकारेको र एमाले महासंघ बाहेक अन्यको हक नरहने भएकाले थप विवाद नगर्न चेतावनी समेत नेताहरुले दिएका छन् ।

    गत हप्ता मात्र ढकाल नेतृत्वको महासंघ नेपालबाट प्रतिनिधित्व गर्दै ढाकामा सम्पन्न दक्षिण एशियाली श्रमिक सम्मेलनमा सहभागी भएर फर्केको हो । 

    1.jpg2.jpg

    २०८०, बैशाख २६ मंगलवार०५:४५:०६
    प्रतिक्रिया
    सम्बन्धित समाचार