कांग्रेस पदाधिकारी बैठक आज पनि, खाँडलाई निलम्बन गर्न सक्ने

कांग्रेस पदाधिकारी बैठक आज पनि, खाँडलाई निलम्बन गर्न सक्ने

२०८०, बैशाख २८ बिहिवार

  • 665
    SHARES

  • कांग्रेस पदाधिकारी बैठक आज पनि, खाँडलाई निलम्बन गर्न सक्ने

    काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ ।

    पार्टी नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो ।

    बुधबार बसेको बैठकमा सहमति नजुटेपछि पुनः बिहीबार बैठक बस्ने गरी बैठक सकिएको थियो ।

    बुधबारको बैठकमा महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गर्नुपर्ने धारणा राखेको स्रोतको दाबी छ । यद्यपि आज (बिहीबार) यो विषयमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा पुनः छलफल गर्ने तय भएको हो ।

    २०८०, बैशाख २८ बिहिवार०७:२८:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार