काँग्रेस पदाधिकारी बैठक : दोषी उम्कनु हुँदैन, निर्दोष पर्नु हुँदैन

काँग्रेस पदाधिकारी बैठक : दोषी उम्कनु हुँदैन, निर्दोष पर्नु हुँदैन

२०८०, बैशाख २९ शुक्रवार

  • 701
    SHARES

  • काँग्रेस पदाधिकारी बैठक : दोषी उम्कनु हुँदैन, निर्दोष पर्नु हुँदैन

    काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठकले नक्कली भूटानी शरणार्थी प्रकरणका बारेमा दोषीलाई उम्कन नदिने र निर्दोष पर्न हुँदैन भन्ने निष्कर्ष निकालेको छ ।

    पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहीबार बसेको बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीलाई छाडन नहुने, पार्टी केन्द्रीय समिति र नीति अधिवेशनको तयारी तथा भ्रातृ र शुभेच्छुक संस्थाका विषयमा छलफल भएको थियो ।

    “बैठकमा नेता बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने विषय कुरा उठेको थियो, तर कुनै निर्णय भएको छैन” बैठकक बारेमा जानकारी दिँदै सहमहामन्त्री जीवन परियारले भन्नुभयो, “छानबिन प्रक्रिया जारी छ, अनुसन्धान नसकिएको हुनाले अहिले नै निष्कर्षमा पुग्नु उचित हुँदैन ।”

    पदाधिकारी बैठकमा कोशी प्रदेशमा केन्द्रमा रहेको सत्तारूढ गठबन्धनअनुसारको सरकार नभएको बारे गम्भीर छलफल भएको र राष्ट्रपति कार्यालयमा रहेको नागरिकता विधेयकका विषयमा पनि बैठकमा छलफल भएको उहाँले बताउनुभयो ।

    २०८०, बैशाख २९ शुक्रवार०७:४५:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार