एमाले केन्द्रीय कमिटी बैठक आजपनि, ४ प्रदेश कमिटीको प्रतिवेदन पेस हुँदै

एमाले केन्द्रीय कमिटी बैठक आजपनि, ४ प्रदेश कमिटीको प्रतिवेदन पेस हुँदै

२०८०, बैशाख २९ शुक्रवार

  • 725
    SHARES

  • एमाले केन्द्रीय कमिटी बैठक आजपनि, ४ प्रदेश कमिटीको प्रतिवेदन पेस हुँदै

    काठमाडौँ । नेकपा एमालेको केन्द्रीय समितिको बैठक शुक्रबार पनि बस्ने भएको छ।

    हिजो बिहीबारदेखि जारी रहेको बैठक आज शुक्रबारपनि बस्ने तयारी रहेको सचिवालयले जनाएको छ।

    सचिवालयका अनुसार हिजो पेस गर्न बाँकी रहेका ४ प्रदेश कमिटीको प्रतिवेदन आज प्रस्तुत गरिने तयारी रहेको छ। त्यसपछि प्रतिवेदनउपर समूहगत छलफल हुनेछ।

    बिहीबारको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए भने महासचिव शंकर पोखरेलले पार्टी बैठकमा हुने छलफलका लागि एजेन्डा पेस गरेका थिए। बैठक भोलि शनिबारसम्म जारी रहने छ।

    २०८०, बैशाख २९ शुक्रवार०७:५०:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार