काठमाडौं । नेपाल शिक्षक महासंघले आज वृहत विरोध प्रदर्शन गर्ने भएको छ ।
यसअघि सरकारसँग भएका ३० बुँदे र ५१ बुँदे सहमति कार्यान्वयन गराउने दबाब स्वरुप काठमाडौंको माईतीघर मण्डलामा आज शुक्रवार दिउँसो १ बजे विरोध प्रदर्शन हुने भएको हो ।
शिक्षा ऐन तत्काल जारी गराउन, विभिन्न मितिमा भएका सहमति कार्यान्वयन गराउन र आगामी वार्षिक बजेटमा तत्काल पूरा गर्नुपर्ने मागहरु पूरा गराउन दबाब स्वरुप आन्दोलन गर्नु परेको नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव हंश बहादुर शाहीले बताएका छन् ।
शिक्षक महासंघको ईतिहासमा तत्कालिन महासंघका अध्यक्ष बाबुराम थापाले सरकारसँग गरेका ३० र ५१ बुँदे सहमतिहरु एतिहासिक रहेका शिक्षकहरु बताउने गर्दछन् ।
यद्यपि यसको प्राप्तिमा सरकारसँग निरन्तर लडाईँ लड्नु परेको समेत काठमाडौं जिल्ला समितका एक पदाधिकारीले बताए ।
हाल महासंघको अध्यक्षमा कमला तुलाधर रहेकी छन् ।
