काठमाडौं महानगरपालिका-३१ बानेश्वरबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

काठमाडौं महानगरपालिका-३१ बानेश्वरबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

२०८०, बैशाख ३१ आइतवार

  • 649
    SHARES

  • काठमाडौं महानगरपालिका-३१ बानेश्वरबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

    काठमाडौं । काठमाडौं महानगरपालिका-३१ बानेश्वर कात्यानीचोक बस्ने सगोल कोइरालाको घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुली सुनकोशी गाउँपालिका-३ घर भई हाल काठमाडौं गौशाला बस्ने २९ वर्षीय मुकेश राज गिरीसमेत ११ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    विशेष सूचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख १० हजार ४ सय रूपैयाँ र १२ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    २०८०, बैशाख ३१ आइतवार०८:४५:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार