माघेसङ्क्रान्तिबाट नेपालीबीच आपसी एकता र सद्‌भाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस्ःराष्ट्रपति

माघेसङ्क्रान्तिबाट नेपालीबीच आपसी एकता र सद्‌भाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस्ःराष्ट्रपति

२०७७, माघ १ बिहिवार

  • 1.8K
    SHARES

  • माघेसङ्क्रान्तिबाट नेपालीबीच आपसी एकता र सद्‌भाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस्ःराष्ट्रपति

    माघ १, काठमाडौँ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघेसंक्रान्ति एवं माघीपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

    यस चाडले नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्भााव र सहिष्णुता अभिवृद्धि गरी सामाजिक(सांस्कृतिक) एकतालाई सुदृढ बनाउने विश्वास राष्ट्रपतिले व्यक्त गर्नुभएको  छ ।

    यस पर्वबाट मौलिक सांस्कृतिक परम्पराको संरक्षण र सम्बर्द्धन गर्न तथा विविध भौगोलिक क्षेत्र, जातजाति, भाषा र संस्कृतिका नेपालीबीच आपसी एकता, मित्रता, सहयोग र सद्‌भाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना पनि राष्ट्रपति भण्डारीले गर्नुभएको छ ।

    २०७७, माघ १ बिहिवार०७:५१:२५
    प्रतिक्रिया
    सम्बन्धित समाचार