रियलको पोष्टमा सिटीको ४ गोल, फाइनलमा इन्टर मिलानसँग भिड्ने

रियलको पोष्टमा सिटीको ४ गोल, फाइनलमा इन्टर मिलानसँग भिड्ने

२०८०, जेठ ४ बिहिवार

  • 813
    SHARES

  • रियलको पोष्टमा सिटीको ४ गोल, फाइनलमा इन्टर मिलानसँग भिड्ने

    काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

    साविक विजेता तथा कीर्तिमानी १४ पटकको च्याम्पियन रियल मड्रिडलाई सेमिफाइनल दोस्रो लेगमा ४-० ले पराजित गर्दै समग्रमा ५-१ को नतिजा निकाल्दै सिटीले दोस्रो पटक फाइनलमा स्थान बनाएको हो । यसअघि २०२१ मा फाइनल पुगेको सिटी चेल्सीसँग पराजित भएको थियो ।

    सिटीले अब उपाधिका लागि इटालियन क्लब इन्टर मिलानसँग आगामी जुन १० मा टर्कियको इस्तानबुलमा प्रतिस्पर्धा गर्नेछ।

    रियलको मैदानमा भएको सेमिफाइनलको पहिलो लेगमा सिटीले १-१ को बराबरी खेलेको थियो । सिटीको घरेलु मैदान एतिहाड स्टेडियममा भएको दोस्रो लेगमा सिटीले सानदार प्रदर्शन गर्दै एकपक्षिय जित निकाल्यो ।

    सिटीले पहिलो हाफमा २३औं र ३७औं मिनेटमा गोल गर्दै २-० को अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि सिटीले दुई गोल नै गर्‍यो । मानुएल अकान्जीले ७६औं र जुलियन अल्भारेजले खेलको इन्जुरी टाइममा गोल गरे ।

    सिटी यसअघि च्याम्पियन्स लिगमा दुई पटक सेमिफाइनलमा रियलसँग पराजित भएको थियो । तर यस पटक सिटीले सानदार प्रदर्शन गर्दै बदला समेत लिएको छ । 

    २०८०, जेठ ४ बिहिवार०६:५४:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार