पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

२०८०, जेठ ४ बिहिवार

  • 549
    SHARES

  • पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

    काठमाडौँ । पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ।

    आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    यस्तै, राति भने कोशी प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    २०८०, जेठ ४ बिहिवार०७:१७:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार