सरकारको वार्षिक नीति तथा कार्यक्रम आज 

सरकारको वार्षिक नीति तथा कार्यक्रम आज 

२०८०, जेठ ५ शुक्रवार

  • 485
    SHARES

  • सरकारको वार्षिक नीति तथा कार्यक्रम आज 

    काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम आज (शुक्रबार) प्रस्तुत गर्ने भएको छ । आज बस्ने संघीय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।

    राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने भएको छ । 

    आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गर्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

    त्यसपछि राष्ट्रपतिबाट नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनको लागि प्रतिनिधिसभाको बैठकले राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने कार्यसूची रहेको छ ।

    २०८०, जेठ ५ शुक्रवार०७:१२:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार