मधेस सहित अन्य चार प्रदेशमा चट्याङ, हावाहुरी र वर्षाको सम्भावना

मधेस सहित अन्य चार प्रदेशमा चट्याङ, हावाहुरी र वर्षाको सम्भावना

२०८०, जेठ ९ मंगलवार

  • 545
    SHARES

  • मधेस सहित अन्य चार प्रदेशमा चट्याङ, हावाहुरी र वर्षाको सम्भावना

    काठमाडौँ । पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभावले हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहने छ । कोशी, बागमती, गण्डकी र मधेस प्रदेशका एक वा दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

    यस्तै, आज राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    २०८०, जेठ ९ मंगलवार०७:३९:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार