काठमाडौँ । सङ्घीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न बुधबार अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराएका हुन्।
संसद् सचिवालयका अनुसार सो सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ।
प्रतिनिधिसभाको अर्को बैठक आज बिहान ११ बजे बस्नेछ।