रवि भन्छन् - घण्टीले बजाउन पनि जानेको छ 

रवि भन्छन् - घण्टीले बजाउन पनि जानेको छ 

२०८०, जेठ ११ बिहिवार

  • 745
    SHARES

  • रवि भन्छन् - घण्टीले बजाउन पनि जानेको छ 

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता र राहदानीको कुरा पटक पटक उठाइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा उनले यस्तो आक्रोश व्यक्त गर्दै घण्टी बजाउन मात्रै नभई घण्टीले बजाउन पनि जानेको चेतावनी दिएका छन् ।

    बिहीबार बिहान सामाजिक सञ्जालमा उनले एक स्टाटस राख्दै यस्तो बताएका हुन् ।

    यस्तो छ उनको स्टाटस 
    मुद्दा हाल्नु  र मुद्दा  हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ। 
    १. सर्वोच्च अदालतको  मिती २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य confirm गरेको छ।  
    २. अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु ।
    ३. अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण  बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएं। 
    ४. घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ।

    २०८०, जेठ ११ बिहिवार१२:२४:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार