नीति तथा कार्यक्रममाथि जवाफ दिँदै प्रधानमन्त्री दाहाल

नीति तथा कार्यक्रममाथि जवाफ दिँदै प्रधानमन्त्री दाहाल

२०८०, जेठ १२ शुक्रवार

  • 533
    SHARES

  • नीति तथा कार्यक्रममाथि जवाफ दिँदै प्रधानमन्त्री दाहाल

    काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने भएको छ। बैठक आज बिहान ११ बजे बस्ने भएको हो।

    आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने भएका छन्।

    सचिवालयका अनुसार प्रधानमन्त्रीको जवाफपछि नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने र पारित गर्ने आजको सम्भावित कार्यसूची रहेको छ।

    त्यसपछि संसदमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत हुनेछ। संविधानको व्यवस्था अनुसार सरकारले जेठ १५ गते बजेट प्रस्तुत गर्नेछ।

    राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

    राष्ट्रिय सभाले नीति तथा कार्यक्रम पारित गरिसके पनि प्रतिनिधि सभामा छलफल जारी छ।

    २०८०, जेठ १२ शुक्रवार०७:४८:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार