अवरुद्ध प्रतिनिधिसभाको बैठक आज दिउँसो ४ बजे

अवरुद्ध प्रतिनिधिसभाको बैठक आज दिउँसो ४ बजे

२०८०, जेठ १३ शनिवार

  • 561
    SHARES

  • अवरुद्ध प्रतिनिधिसभाको बैठक आज दिउँसो ४ बजे

    काठमाडौँ । शुक्रवार बेलुका छ बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक आज शनिबार बस्ने भएको छ ।

    प्रतिनिधिसभाको बैठक विशेष कारणवस शुक्रवार साँझ नियमित हुन नसकेकाले शनिबार अपराह्न ४ बजेको लागि तय गरिएको हो ।

    सङ्घीय संसद्द्वारा जारी सूचनामा भनिएको छ, “६ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको बैठक मिति विसं २०८० जेठ १३ गते शनिबार दिनको ४ बजे बस्ने निर्धारण गर्नुभएको छ ।”

    २०८०, जेठ १३ शनिवार०६:२५:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार