बजेट संशोधन नगरे कडा आन्दोलनमा जाने शिक्षक महासंघको चेतावनी

बजेट संशोधन नगरे कडा आन्दोलनमा जाने शिक्षक महासंघको चेतावनी

२०८०, जेठ १९ शुक्रवार

  • 2.0K
    SHARES

  • बजेट संशोधन नगरे कडा आन्दोलनमा जाने शिक्षक महासंघको चेतावनी

    काठमाडौं। आर्थिक वर्ष २०८०/८१ को बजेट प्रति शिक्षक महासंघले चर्को आपत्ति जनाएको छ । 

    सरकारले प्रतिवद्धता गरे अनुसार बाल कक्षाका शिक्षक तथा विद्यालय कर्मचारीको तलब बृद्धि नगरे कडा आन्दोलनमा जाने चेतावनी महासंघले दिएको हो ।

    सरकारले पटक पटक प्रतिबद्धता गरेको र नीति तथा कार्यक्रममा उल्लेख गरेको भएपनि बजेटबाट सम्बोधन नभएको भन्दै महासंघले विज्ञप्ति जारी गरेर कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

    महासंघले विज्ञप्ति मार्फत बजेटमा संशोधन गरी बाल कक्षाका शिक्षक र विद्यालय कर्मचारीको उचित तलब बृद्धिको प्रबन्ध गर्न तथा बजेट सम्बन्धित शिक्षक कर्मचारीका अन्य मागमुद्धा सम्बोधन गर्न माग गरेको छ।

    सरकारले प्रतिबद्धता गरे अनुसार बजेटमा सम्बोधन नगरेर आन्दोलनतर्फ धकेल्न चाहेको समेत आरोप लगाएको छ।

    २०८०, जेठ १९ शुक्रवार०७:४४:०१
    प्रतिक्रिया
    सम्बन्धित समाचार