झापाको कनकाईमा साउन १ गतेदेखि गुट्खा, सूर्तीजन्य पदार्थको बिक्री तथा सेवन निषेध

झापाको कनकाईमा साउन १ गतेदेखि गुट्खा, सूर्तीजन्य पदार्थको बिक्री तथा सेवन निषेध

२०८०, जेठ २६ शुक्रवार

  • 913
    SHARES

  • झापाको कनकाईमा साउन १ गतेदेखि गुट्खा, सूर्तीजन्य पदार्थको बिक्री तथा सेवन निषेध

    झापा । झापाको कनकाई नगरपालिकाले नगर क्षेत्रभित्र गुट्खा, खैनी र चुरोटलगायत सुर्तीजन्य पदार्थको बिक्री-वितरण तथा सेवनकार्यलाई निषेध गर्ने भएको छ ।

    नगरपालिकाले उक्त नियम आगामी साउन १ गतेदेखि लागू गर्ने जनाएको छ ।

    गत जेष्ठ १७ गते सम्पन्न बसेको २५ औँ कार्यपालिका बैठकको निर्णय कार्यान्वयन गर्दै कनकाई नगरपालिकाले यही श्रावण १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध गर्ने जनाएको हो ।

    नगरपालिकाले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणमा कडाइ गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए ।

    चुरोट, गुट्खा, खैनीलगायतका सुर्तीजन्य पदार्थको सेवनले क्यान्सरलगायतका रोग लाग्नुका साथै फोहोरसमेत हुने भएकाले नगरपालिका कठोर रुपमा उत्रिएको नगरप्रमुख राजेन्द्र पोखरेलले जनाएका छन् ।

    २०८०, जेठ २६ शुक्रवार०८:५६:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार