प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी 

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी 

२०८०, जेठ २८ आइतवार

  • 561
    SHARES

  • प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी 

    काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ ।

    संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहने छ ।

    आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आ.व २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको उत्तर दिनेछन् ।

    विनियोजन विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ ।

    २०८०, जेठ २८ आइतवार०७:५०:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार