बोलेर होइन कामबाट पुष्टि गरौँ : मन्त्री गुरुङ

बोलेर होइन कामबाट पुष्टि गरौँ : मन्त्री गुरुङ

२०८०, जेठ २८ आइतवार

  • 785
    SHARES

  • बोलेर होइन कामबाट पुष्टि गरौँ : मन्त्री गुरुङ

    वालिङ । नेपाली काँग्रेसका केन्द्रीय उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बोल्नेभन्दा पनि काम गर्ने समय आएको बताउनुभएको छ ।

    नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ ले शनिबार स्याङ्जाको वालिङमा आयोजना गरेको प्रथम क्षेत्रीय सम्मेलनमा उहाँले नेताले जनतालाई आश्वासन नभई कामले पुष्टि गर्नुपर्ने समय भएको बताउनुभएको हो ।

    “आफूले चुनेर पठाएको जनप्रतिनिधिबाट जनताले आशा गरेका छन्”, उहाँले भन्नुभयो, “जनताले झुटा आश्वासन नभई विकास निर्माण चाहेका छन् ।” उहाँले राजनीतिक दलका नेताको बोलीभन्दा पनि कामको प्रतिफल (उपलब्धि) लाई मूल्याङ्कनको आधार बनाउने भएकाले पनि कामले पुष्टि गर्नुपर्ने बताउनुभयो ।

    फरक प्रसङ्गमा बोल्दै उहाँले राजनीतिक नेतृत्वमा रहेकाहरूको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सम्पत्ति छानबिनको सुरुआत आफैँबाट गर्न पनि आग्रह गर्नुभयो ।

    भ्रष्टाचारीको जात, लिङ्ग, वर्ण केही नहुने भएकाले भ्रष्टाचारमा संलग्न जो–कोही भए पनि निष्पक्ष ढङ्गबाट छानबिन गर्नुपर्ने मन्त्री गुरुङको भनाइ थियो ।

    २०८०, जेठ २८ आइतवार०७:५४:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार