कस्तो छ आजको मौसम ?

कस्तो छ आजको मौसम ?

२०८०, जेठ २९ सोमवार

  • 765
    SHARES

  • कस्तो छ आजको मौसम ?

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको कारण कोशी, र बागमती प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू(भागका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्यधिक गर्मी हुने देखिन्छ ।

    २०८०, जेठ २९ सोमवार०७:२२:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार