काँग्रेसले सत्ता र विचारका लागि सम्झौता गर्दैन : महामन्त्री थापा

काँग्रेसले सत्ता र विचारका लागि सम्झौता गर्दैन : महामन्त्री थापा

२०८०, जेठ ३० मंगलवार

  • 745
    SHARES

  • काँग्रेसले सत्ता र विचारका लागि सम्झौता गर्दैन : महामन्त्री थापा

    मनहरी । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सत्ता र विचारका लागि काँग्रेसले कसैसँग पनि सम्झौता नगर्ने बताउनुभएको छ ।

    नेपाली काँग्रेस पार्टी पद मात्र पाउने आशमा जन्मेको पार्टी नभएको भन्दै उहाँले अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन नगर्ने बताउनुभयो ।

    नेपाली काँग्रेस मकवानपुर क्षेत्र नम्बर २ र २ को प्रदेशसभा ‘२’ को संयुक्त आयोजनामा सोमवार आयोजित क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले पार्टीले अब चार वर्षभित्र काम गर्नुपर्नेमा जोड दिनुभयो ।

    पार्टीभित्र आत्मविश्वास गुमाएर कमजोर नहुन कार्यकर्तालाई आग्रह गर्दै उहाँले काँग्रेस चुनाव जित्नभन्दा पनि नेपाली जनताको मन जित्न जन्मेको पार्टी भएको बताउनुभयो । आशाले मान्छे बाँचे जस्तै काँग्रेस पनि भोलिको आशाको केन्द्र बन्ने उहाँको भनाइ थियो ।

    देशमा समस्या पर्दा निकास दिने पार्टीका रूपमा काँग्रेस रहेको बताउँदै उहाँले पार्टीभित्र विचारको आकर्षण रहेको औँल्याउनुभयो ।

    बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जनताको मन जित्न विकासको एजेन्डा र भिजन आवश्यक रहेको बताउनुभयो । उहाँले पार्टी र नेतृत्वसँगको मनमुटावलाई सामाजिक सञ्जालमा जथाभावी रूपमा लेखेर समस्या समाधान नहुने बताउनुभयो ।

    २०८०, जेठ ३० मंगलवार०७:२२:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार