शुरुहुँदै मनसुन : आज यी स्थानमा पानी पर्ने सम्भावना

शुरुहुँदै मनसुन : आज यी स्थानमा पानी पर्ने सम्भावना

२०८०, जेठ ३० मंगलवार

  • 1.0K
    SHARES

  • शुरुहुँदै मनसुन : आज यी स्थानमा पानी पर्ने सम्भावना

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ।

    कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। कोशी तथा बागमती प्रदेशको केही स्थानहरू साथै मधेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    मंगलबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

    कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    राति कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा मेघ-गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    साथै मधेश प्रदेशलगायत देशका बाँकी पहाडी भूभागका थोरै स्थानमा मेघ-गर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

    २०८०, जेठ ३० मंगलवार०७:२८:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार