कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा हुने मौसमविदको अनुमान

कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा हुने मौसमविदको अनुमान

२०८०, आषाढ २ शनिवार

  • 1.1K
    SHARES

  • कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा हुने मौसमविदको अनुमान

    काठमाडौँ । हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

    हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

    शनिबार दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

    कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा मेघ-गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    राति कोशी प्रदेश, मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

    कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशसहित बाँकी पहाडी भूभागका थोरै स्थानहरुमा मेघ-गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    २०८०, आषाढ २ शनिवार०८:१५:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार