काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उच्च राजनीतिक नेतृत्व पुर्व गृहमन्त्री बालकृष्ण खाँड र पुर्वमन्त्री टोप बहादुर रायमाझी जेल चलान भएका छन् ।
दुई हप्ता भन्दा लामो थुनछेक बहसलाई शुक्रवार आदेश दिँदै काठमाडौं जिल्ला अदालतले नेताद्धय सहित १६ अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
यससँगै नेता खाँड र रायमाझीलाई केन्द्रीय कारागारको भद्र बन्दि गृहमा राखिने भएको छ । यहाँ १५ सय बन्दिको क्षमता रहेपनि ३४ सय भन्दा बढिले बन्दिजिवन बिताईरहेका छन् ।
खाँडका पक्षमा बहस गरेका पुर्व महान्यायाधिवक्ता खम्ब खातीले डिल्लीबजार कारागारमा राख्न अनुरोध गरेपनि अदालतले अस्विकार गरिदिएको थियो ।
त्यस्तै रायमाझीका बाबुछोरा एउटै कोठामा बस्न पाउँ भनि अनुरोध गरे पनि सो पनि अदालतले स्विकार गरेन । यद्यपि दुवैलाई एउटै भवनमा बस्ने व्यवस्था मिलाएको छ ।
कारागार चलान सँगै दैनिक गुजाराका लागि रु ८० रुपैयाँ भक्ता तथा ७ सय ग्राम चामल प्रदान गरिने पनि कारागार प्रशासनले जनाएको छ ।