भ्रष्टाचार आरोपित निर्मल बालविकासकी प्रधानाध्यापक ज्योति खनाल निलम्बित, निमित्तमा गिता शर्मा

भ्रष्टाचार आरोपित निर्मल बालविकासकी प्रधानाध्यापक ज्योति खनाल निलम्बित, निमित्तमा गिता शर्मा

२०८०, आषाढ २ शनिवार

  • 1.9K
    SHARES

  • भ्रष्टाचार आरोपित निर्मल बालविकासकी प्रधानाध्यापक ज्योति खनाल निलम्बित, निमित्तमा गिता शर्मा

    काठमाडौं । राजधानी काठमाडौंको भिमसेनगोलामा अवस्थित बौद्धिक अपांगता भएका विद्यार्थीमात्र अध्ययनरत विद्यालय निर्मल वालविकासकी प्रधानाध्यापक ज्योति खनाल भ्रष्टाचारको आरोपमा निलम्बनमा परेकी छन् । उनलाई २६ लाखको भ्रष्टाचार आरोप रहेको बुझिएको छ ।

    करिव १ महिना अगाडि अख्तियारले छानविनका लागि प्रक्रिया अगाडि बढाए पछि गत जेठ १४ गते बसेको विद्यालय व्यवस्थापन समितिको निर्णयबाट प्रधानाध्यापक खनाललाई निलम्बन गरिएको समितिका अध्यक्ष राजु मानन्धरले बताए । निलम्बन गर्दाको समयमै निमित्त प्रधानाध्यापकको जिम्मेवारीमा रहेकी खनाललाई छानविन नसकिए सम्म मुक्त गरि सो ठाउँमा शिक्षिका गिता शर्मालाई जिम्मेवारी दिइएको पनि उनले जनाए ।

    111.jpg

    यद्यपि निलम्बित खनालले अभिलेख रहेका दराजका साँचो, चावी तथा कागजपत्र समेत हस्तान्तरण गरेकी छैनन् । उनी ३१ गते बुधवारदेखि विद्यालय गएकी छैनन् । यता विद्यालयमा समेत नआई विदेश भ्रमणमा रहेको अपुष्ट जानकारी आफुहरुलाई प्राप्त भएको आक्रोश मिश्रित लवजमा अभिभावकहरुले बताएका छन् । "शायद यो भ्रमण विद्यार्थीलाई आएको थियो सो पनि दुरुपयोग भएको हुन सक्छ", अभिभावकहरुको आशंका छ । 

    यस विषयमा अध्यक्ष मानन्धर भन्छन्, "आफुले ६ महिना देखि व्यवस्थापन सम्हाल्दै आएकोमा विद्यालय जस्तो पवित्र ठाउँमा यस्ता समस्या देखिँदा दुखी र पिडाबोध महशुस भएको छ ।" 

    qq.jpg

    विगत ५ वर्षदेखि अपांगता भएका बाबुनानीहरुलाई राम्रो रेखदेख नगरिएको तथा विद्यालयलाई पारदर्शी ढंगले संचालन नगरिएको आरोप समेत अभिभावकले लगाएका छन् । विभिन्न दाताहरुबाट आएको स्रोतबाट केही भौतिक प्रगतिलाई देखाएर छानविन प्रभावित हुन नहुने अभिभावकले जनाए । विद्यालयमा सानो समस्या आउने वित्तिकै आफ्ना बाबुनानीहरु घरमा रुने, कराउने र विद्यालय नै नआउने समस्या बढेकामा प्रधानाध्यापक खनालले सो पनि वेवास्ता गर्दै गएको उनीहरुको आरोप छ ।

    यता अख्तियारले छानविनको प्रक्रिया अगाडि बढाए पछि काठमाडौं महानगरपालिका शिक्षा विभागका अधिकृत तारापति खरेलको संयोजकत्वमा छानविन समिति बनेको छ । सो समितिले कागजात माग गर्दा निलम्बित प्रधानाध्यापक खनालले नै आवश्यक कागजपत्र तथा अभिलेख बुझाएकी छन् । निलम्बनमा परिसकेपछि तालाचावी तथा कागजपत्र समितिलाई बुझाउन पर्नेमा नबुझाई विद्यालयलाई विना जानकारी विदेश गएको सुचना पाउँदा खनाल बलमिच्याईँ ढंगले अगाडि बढेको समितिको आशंका छ । 

    ss.jpg

    विद्यालयले प्रधानाध्यापक निलम्बन गरेपछि काठमाडौं महानगरले शिक्षक तथा प्रधानाध्यापक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि तयार गर्दै गरेको र प्रधानाध्यापक व्यवस्थापन सम्बन्धि कुनै पनि प्रक्रिया अगाडि नबढाउन जेठ १९ गते विज्ञप्ति निकालेकामा समेत अभिभावकहरुले चिन्ता व्यक्त गरेका छन् ।  1111.jpeg 

    २०८०, आषाढ २ शनिवार०३:२३:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार