अब म ठूला कुरामा मात्रै बोल्छु, साना कुरामा बोल्न भ्याउँदिनः रवि लामिछाने

अब म ठूला कुरामा मात्रै बोल्छु, साना कुरामा बोल्न भ्याउँदिनः रवि लामिछाने

२०८०, आषाढ ३ आइतवार

  • 869
    SHARES

  • अब म ठूला कुरामा मात्रै बोल्छु, साना कुरामा बोल्न भ्याउँदिनः रवि लामिछाने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सबै भ्रष्टाचारीहरुलाई एकैपटक जेलमा कोच्नु नै आफ्नो पार्टीको विचार भएको बताएका छन्।

    शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफ्नो पार्टी पङ्क्ति अब देशमा गन्न नसकिने रुपमा अघि बढिसकेको बताए।

    उनले आफ्नो पार्टीको विचार भनेकै संसारकै धनी देश बन्ने देशलाई गरिब देश बनाउनेहरुलाई चुनीचुनी कानूनी दायरामा ल्याउनु रहेको बताए।

    उनले पार्टीलाई दुई तिहाईमा लैजानुपर्ने भएकाले अब खुद्रा कुरामा आफू नबोल्ने स्पष्ट पारे। उनले अब आफू सधैँ ठूला कुरामा मात्रै बोल्ने र साना कुरामा बोल्ने समय आफूसँग नरहेको जिकिर गरे। उनले साना कुराहरुमा पार्टीका अन्य नेताहरु बोल्ने बताए।

    उनले भने, ‘हामी यो यात्रालाई अविरल अघि बढाउन चाहन्छौँ। नयाँ छौँ थाहा छ, सिक्ने कुरा धेरै छन्। विचार छैन भन्छन्, विचारका बारेमा कुरा पछि गरौँला। यो देशका भएभरका भ्रष्टलाई एकैपटक जेल कोच्ने विचार छ। यो देशलाई श्रोत र साधनको सम्पन्न संसारकै धनी देश बन्ने देशलाई गरिब देश बनाउनेहरुलाई चुनीचुनी कानूनी दायरामा ल्याउने विचार छ।’

    सभापति लामिछानेले जनताले आफ्नो पार्टीबाट चाहेको पहिलो काम भ्रष्टाचार नियन्त्रण रहेकाले आफूहरु त्यो लक्ष्य प्राप्तिका लागि लडिरहने बताए। -देश सञ्चार

    २०८०, आषाढ ३ आइतवार०७:५६:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार