काठमाडौं । नेकपा एमाले विशेष प्रदेश अन्तर्गतको पेशागत विशेष जिल्ला कमिटी ईन्चार्जको जिम्मेवारी केन्द्रिय सदस्य बिना कुमारी श्रेष्ठले पाएकी छन् ।
अघिल्लो महिना बसेको एमाले केन्द्रिय कमिटी पाँचौं बैठकले नेतृ श्रेष्ठलाई जिल्ला ईन्चार्जको जिम्मेवारी दिएको हो । उनी यस अघि उपत्यका विशेष प्रदेश कमिटीकी सहईन्चार्ज रहेकी थिइन् ।
पेशाकर्मीहरुलाई संगठित गरि अर्ध भुमिगत शैलिमा पार्टीका काम संचालन गर्दै आएको एमालेले ईन्चार्ज मार्फत थप प्रभावकारी संगठनको अपेक्षा गरेको छ ।
मजदुर क्षेत्रलाई आफ्नो आधार भुमि बनाउँदै अगाडि बढेकी श्रेष्ठ पार्टीमा लोकप्रिय, बौद्धिक, अध्ययनशिल र शालिन नेताका रुपमा परिचित छिन् । कुनै पनि कार्यलाई मसिनो ढंगले अध्ययन गरेर निरन्तर क्रियाशिल रहने नेतृ नै ईन्चार्ज भएपछि आफुहरुलाई झनै उत्साह बढेको जिल्ला स्तरका नेताले बताएका छन् ।
पेशागत विशेष जिल्ला कमिटीमा हाल १८ वटा ईलाका रहेका छन् । जसको पार्टी हैसिएत पालिका स्तरको रहेको छ । यी सबैलाई संयोजन गरि नेतृत्व गर्ने काम जिल्ला कमिटीले गर्दछ ।