हिसान शैक्षिक मेला नरोक्नूः उच्च अदालत पाटन

हिसान शैक्षिक मेला नरोक्नूः उच्च अदालत पाटन

२०८०, आषाढ ६ बुधवार

  • 825
    SHARES

  • हिसान शैक्षिक मेला नरोक्नूः उच्च अदालत पाटन

    काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाले बन्द गराएको हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ ।

    काठमाडौं महानगरपालिकाले मेला बन्द गराएपछि उच्च माध्यमिक विद्यालय एशोसिएसन (हिसान) त्यसविरुद्ध अदालत गएको थियो ।

    न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र रमेश ढकालको संयुक्त इजलासमा भएको दोहोरो बहसपछि हिसान शैक्षिक मेला बन्द नगर्न आदेश भएको हो ।

    उच्च अदालतले संघीय सरकारबाट अनुमति लिइसकेको कार्यक्रमका लागि स्थानीय तहको अनुमति नचाहिने भएकाले मेला नरोक्न अन्तरिम आदेश दिएको हो ।

    ३२ जेठदेखि भृकुटीमण्डपमा सुरु भएको शैक्षिक मेलामा ७५ वटा शैक्षिक संस्थाले स्टल राखेका थिए । तर काठमाडौं महानगरको नगर प्रहरीले स्वीकृति विपरीत मेला सञ्चालन गरेको भन्दै पहिलो दिन नै बन्द गराएको थियो ।

    हिसानको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, रमेश बडाल, सुनिल पोखरेल र रमण कर्णले बहस गर्नुभएको थियो भने महानगरपालिकाको तर्फबाट ओमप्रकाश अर्यालले बहस गरेका थिए ।

    २०८०, आषाढ ६ बुधवार०७:२९:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार