काठमाडौं। आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो वार्षिकोत्सव नयाँ पार्टी कार्यालयमा मनाउने भएको छ ।
सो अवसरमा रास्वपाले बनस्थलीस्थित केन्द्रीय कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शीर्ष नेता, पूर्व प्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधिलगायत उपस्थित हुने बताईएको छ ।
चियापान दिउँसो १ बजेदेखि सुरु हुनेछ ।