प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२०८०, आषाढ १० आइतवार

  • 701
    SHARES

  • प्रतिनिधिसभाको बैठक बस्दै

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान १० बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

    दोस्रो अधिवेशनको ३४औँ बैठक बस्न लागेको हो । आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ ।

    विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकहरूमाथिको छलफलका क्रममा उठाइएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची छ ।

    आजकोको बैठकमा गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमाथिका प्रश्नहरूको जवाफ दिइने संसद् सचिवालयले जनाएको छ ।

    २०८०, आषाढ १० आइतवार०७:४८:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार