परराष्ट्रमन्त्री नयाँदिल्लीमा

परराष्ट्रमन्त्री नयाँदिल्लीमा

२०७७, माघ २ शुक्रवार

  • 1.1K
    SHARES

  • परराष्ट्रमन्त्री नयाँदिल्लीमा

    माघ २, काठमाडौँ ।

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा विहिवार अपराह्न भारतको नयाँदिल्ली पुगेका छन् ।

    उनलाई इन्दिरा गान्धी अन्तरर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका कर्मचारीले स्वागत गरेका थिए । 

     मन्त्री ज्ञवालीले शुक्रबार भारतको राजकीय अतिथिगृह हैदरावाद हाउसमा आफ्ना समकक्षी एस जयशङ्करसँग भेटवार्ता गर्ने तथा सोही भवनमा हुने संयुक्त आयोग बैठकको सहअध्यक्षता गर्नेछन् । 

     यसैबीच राजदूत आचार्यले भारतका प्रधानसेनापति विपीन रावतसँग विहिवारै उनकै कार्यकक्षमा शिष्टाचार भेट गरे ।

    त्यसअवसरमा उनीहरुबीच नेपाल¬–भारत मैत्रीबारे छलफल भएको नेपाली दूतावासले जनाएको छ ।

    २०७७, माघ २ शुक्रवार०६:०१:०८
    प्रतिक्रिया
    सम्बन्धित समाचार