राष्ट्रपति पुटिनसँग वाग्नर समूहको सम्झौता, येभगेनी प्रिगोजिनले देश छोड्ने

राष्ट्रपति पुटिनसँग वाग्नर समूहको सम्झौता, येभगेनी प्रिगोजिनले देश छोड्ने

२०८०, आषाढ १० आइतवार

  • 857
    SHARES

  • राष्ट्रपति पुटिनसँग वाग्नर समूहको सम्झौता, येभगेनी प्रिगोजिनले देश छोड्ने

    मस्को । रुसी सरकारी मिडियाका अनुसार वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिन बेलारुस जानेछन्। बेलारुस रूसको सहयोगी देश हो।

    रिपोर्टहरूका अनुसार, रक्तपात रोक्नको लागि येभगेनी प्रिगोजिन र उनका लडाकुहरू विरुद्धको आरोपहरू हटाइनेछ।

    शनिबार वाग्नर समूहले रुसको रोस्तोभ सहर नियन्त्रणमा लिएको दाबी गर्दै मस्कोतर्फ अघि बढेको बताएको थियो। तर राती प्रिगोजिनले आफ्नो मार्च रोकेको र लडाकुहरू आफ्नो आधारमा फर्किरहेका बताएका थिए।

    रोस्तोभ सहरबाट फर्किने क्रममा खिचिएका तस्बिरमा स्थानीय मानिसहरूले लडाकुलाई अँगालो हालेर बिदाइ गरेको देखिन्छ ।

    रोसिया २४ न्यूज च्यानलका अनुसार बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले येभगेनी प्रिगोजिनसँग कुरा गरेपछि प्रिगोजिनले आफ्ना लडाकुहरूलाई राजधानीतर्फ जानबाट रोकेका थिए।

    त्यसपछि प्रिगोजिन आफ्ना लडाकुहरूको मार्च रोक्न र अवस्था बिग्रनबाट रोक्न सहमत भएका हुन्।

    लुकासेन्कोको प्रेस विज्ञप्तिलाई उद्धृत गर्दै रोसिया २४ न्युज च्यानलले लुकासेन्कोको मस्कोसम्मको मार्चलाई बीच बाटोमा रोक्ने प्रस्तावलाई प्रिगोजिनले स्वीकार गरेको बताएको छ ।

    वाग्नर समूहको सुरक्षाको प्रत्याभुतिमा सहमति जनाएपछि मात्र उनीहरु पछि हटेको जनाइएको छ। समाचार च्यानलका अनुसार पुटिनले पनि यो सम्झौतामा सहमति जनाएका छन् ।

    अघिल्लो दिन मस्कोमा मोर्चाबाट मार्च गर्नु अघि, प्रिगोजिनले आफ्नो उद्देश्य  सैन्य विद्रोह नभएको न्यायको लागि मार्च गरिएको बताएका थिए। -बीबीसी

    २०८०, आषाढ १० आइतवार०९:०१:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार