विश्वकप छनोट : ‘सुपर सिक्स’ र ‘प्लेअफ’ मा यी टिम भिड्दै

विश्वकप छनोट : ‘सुपर सिक्स’ र ‘प्लेअफ’ मा यी टिम भिड्दै

२०८०, आषाढ ११ सोमवार

  • 869
    SHARES

  • विश्वकप छनोट : ‘सुपर सिक्स’ र ‘प्लेअफ’ मा यी टिम भिड्दै

    काठमाडौं । भारतमा आयोजना हुने एकदिवसीय विश्वकपमा ‘सुपर सिक्स’ खेल्ने ६ टिम र प्लेअफ खेल्ने ४  टिमको तय भएको छ। समूह ‘ए’ बाट आयोजक जिम्बाब्वे, वेस्टइन्डिज र नेदरल्यान्ड्सले ‘सुपर सिक्स’ मा स्थान बनाउँदा नेपाल र अमेरिका ‘प्लेअफ’ मा धकेलिए।

    त्यस्तै समूह ‘बी’ बाट श्रीलंका, स्कटल्यान्ड र ओमानले ‘सुपर सिक्स’ मा स्थान बनाउँदा टेस्ट टोली आयरल्यान्ड र युएई भने ‘प्लेअफ’ मा धकेलिए।

    प्लेअफ समूह चरणबाटै बाहिरिने चार टोलीबीच ७ देखी १० औं स्थानको लागि प्रतिस्पर्धा हुने छ। ३० देखी ६ जुलाई सम्म चल्ने प्रतियोगिताबाट ७ देखी १० औं स्थानमा रहने टिमको तय हुने छ। प्लेअफमा समूह ए को चौथो स्थानमा रहने टोलीले समूह बी को पुछारको टोलीसँग प्रतिस्पर्धा गर्ने छ।

    त्यस्तै समूह ए को पुछारमा रहने टोलीले समूह बी को चौथो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्ने छ। यी दुई खेल ७ औं स्थानको लागि सेमिफाइनल सरह हुने छन्। दुबै विजेता टोलीले ७ औं स्थानको लागि प्रतिस्पर्धा गर्ने छन्। पराजित हुने टोलीले नवौं स्थानको लागि प्रतिस्पर्धा गर्ने छन्।

    नेपाल समूह ए मा ४ खेलमा ३ हार र १  जितका साथ २ अंकका साथ चौथो स्थानमा छ। अमेरिका सुरुवाती तीन खेलमा हारका साथ पुछारमा छ। अन्तिम खेलमा सोमबार अमेरिका वेस्टइन्डिजसँग पराजित भएमा नेपाल चौथो स्थानमा रहने छ। यदि अमेरिका विजयी भएमा भने नेटरनरेट निर्भर पर्ने छ।

    त्यस्तै समूह बी मा आयरल्यान्ड तीनै खेलमा हारका साथ सुपर सिक्स गुमायो। युएई पनि तीन खेलमा जित विहीन हुँदै बाहिरिएको थियो। मंगलबार युएई र आयरल्यान्डबीच समूह चरणको अन्तिम खेल हुने छ। उक्त खेलको विजेता टोली चौथो र पराजित हुने टोली पाँचौं स्थानमा रहँदै प्लेअफ खेल्ने छन्।

    सुपर सिक्समा पुगेका टिमबी शीर्ष दुईमा रहनका लागि प्रतिस्पर्धा हुने छ। शीर्ष दुईमा रहने टिमले अक्टोबर-नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउने छन्।

    २०८०, आषाढ ११ सोमवार०७:५६:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार