प्रतिनिधि सभा बैठक : सांसदहरूले उठाएको प्रश्नको जवाफ मन्त्रीहरूले दिने

प्रतिनिधि सभा बैठक : सांसदहरूले उठाएको प्रश्नको जवाफ मन्त्रीहरूले दिने

२०८०, आषाढ ११ सोमवार

  • 677
    SHARES

  • प्रतिनिधि सभा बैठक : सांसदहरूले उठाएको प्रश्नको जवाफ मन्त्रीहरूले दिने

    काठमाडौँ । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद् भवन, नयाँ वानेश्वरमा बस्न लागेको हो ।

    आजको बैठकमा विनियोजन विधेयक २०८० माथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यक्रम रहेको छ ।

    आज रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा मन्त्रालयगत छलफलमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।

    २०८०, आषाढ ११ सोमवार०८:०१:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार