काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनि लिमिटेडको संचालक सदस्यमा लोकप्रिय युवा विद्युतकर्मी रामकुमार थेवेले उम्मेदवारी दिने भएका छन् ।
नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष समेत रहेका थेवेले मध्य भोटेकोशीको संचालक सदस्यका लागि उमेद्वारी दिने भएका हुन् ।
सदस्य चुन्नका लागि प्रोक्सिमत आज असार ११ गते सम्म संकलन भईसक्नु पर्ने छ । प्रोक्सि छुटभएका विभिन्न प्रतिष्ठानमा रहनुभएका शेयरधनीहरुले साधारण सभाका दिन स्वयं उपस्थित भई मतदान गरिदिनुहन पनि थेवेले अनुरोध गरेका छन् ।
विद्युत विकासका क्षेत्रमा लामो समय सम्म कार्य गरेका थेवे मेहनती, अनुशासित, अध्ययनशिल, रचनात्मक र जुझारु विद्युतकर्मी मानिन्छन् ।
साधारण सभा यहि असार २० गते बुधवार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने छ ।