आज देशैभर भारी वर्षाको सम्भावना

आज देशैभर भारी वर्षाको सम्भावना

२०८०, आषाढ १२ मंगलवार

  • 617
    SHARES

  • आज देशैभर भारी वर्षाको सम्भावना

    काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जसका कारण देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार मनसुन देशैभरि फैलिएको छ ।

    अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । मधेस प्रदेशका केही तथा कोशी र बागमती प्रदेशका तराईका थोरै स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

    आज पनि देशबार आंशिकदेखि सामान्य बदली रही, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    कोशी र बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    २०८०, आषाढ १२ मंगलवार०७:४९:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार