३७४ रन पछ्याएको नेदरल्यान्ड्सले वेस्टइन्डिज सँग सुपर ओभरमा निकाल्यो दुर्लभ जित

३७४ रन पछ्याएको नेदरल्यान्ड्सले वेस्टइन्डिज सँग सुपर ओभरमा निकाल्यो दुर्लभ जित

२०८०, आषाढ १२ मंगलवार

  • 757
    SHARES

  • ३७४ रन पछ्याएको नेदरल्यान्ड्सले वेस्टइन्डिज सँग सुपर ओभरमा निकाल्यो दुर्लभ जित

    जिम्बाबे । एकदिवसीय विश्वकप छनोटमा नेदरल्यान्ड्सले चार पटकको विश्व च्याम्पियन वेस्टइन्डिज विरुद्ध दुर्लभ जित निकालेको छ। सोमबार सम्पन्न समूह ‘ए’ को अन्तिम खेलमा वेस्टइन्डिजले बनाएको ३७४ रनको विशाल स्कोर बराबरी गरेको नेदरल्यान्ड्सले सुपर ओभरमा सानदार ब्याटिङ गर्दै पहिलो पटक क्यारेबियन टोलीलाई पराजित गरेको हो। वेस्टइन्डिजलाई हराएसँगै नेदरल्यान्ड्सले अङ्क तालिकामा दोस्रो स्थानमा रहेर समूहचरण अन्त गर्‍यो।

    सुपर ओभरमा नेदरल्यान्ड्सले जितका लागि वेस्टइन्डिजलाई ३१ रनको लक्ष्य दिएको थियो। नेदरल्यान्डसका लागि लोगन भान बेकले सबै ६ बलमा बाउन्ड्री प्रहार गर्दा ३० रनको उच्च स्कोर तयार गरेका थिए। ज्यासन होल्डरको बलमा दोस्रो , चौंथो र पाँचौ बलमा छक्का प्रहार गरेका बेकले पहिलो, तेस्रो र अन्तिम बलमा चौका प्रहार गर्दै टिमलाई उच्च स्कोरमा पुर्‍याए। जवाफमा बेकनै बलिङका लागि आएका थिए। जहाँ उनले वेस्टइन्डिजलाई ८ रनमात्र दिएर २ विकेट लिंदा नेदरल्यान्डले वेस्टइन्डिजमाथि कीर्तिमानी जित आत्मासाथ गर्‍यो।

    वेस्टइन्डिज नेदरल्यान्ड्सँग पराजित भएसँगै समूहको तेस्रो स्थानमा रहेर सुपर सिक्सको यात्रा तय गर्‍यो। यो हारले शीर्ष दुईमा रहेर विश्वकप छनोट हुने वेस्टइन्डिजको सपनामा जटिल्ता थपेको छ। कीनकी समूहचरणको अङ्क समेत क्यारी हुने भएकाले वेस्टइन्डिजलाई अब सुपर सिक्समा शीर्ष दुईमा रहनका लागि ठूलो संघर्ष गर्नु पर्ने छ।

    त्यसअघि हरारेमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ७४ रनको विशाल स्कोर तयार गरेको थियो। निकोलस पुरनको ६५ बलमा १०४ रनको शानदार शतकीय अविजित इनिङमा उच्च  स्कोर बनाएको वेस्टइन्डिजका लागि ओपनर ब्रान्डन किङ्ग र जोनसोन चार्लेसले पहिलो विकेटका लागि १०१ रनको साझेदारी गरे। किङ्गले ७६ रन बनाउँदा चार्लेसले ५४ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै कप्तान साइ होपले ४७ रन बनाउँदा किमो पउलले ४६ रन बनाएका थिए।

    ३७५ रनको उच्च लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले अन्तिम बलमा खेल बराबरीमा ल्याउँदै सुपर ओभरमा पुर्‍याउन सफल भयो। उसका लागि तेजा निदामनुरुले सर्वाधिक १११ रनको शतकीय इनिङ खेल्दा कप्तान स्कट एडवार्डसले ६७ रन बनाए। त्यस्तै विक्रमजित सिंहले ३७ रन बनाउँदा म्या ओडवाडले ३६ रन तथा बास डि लिडले ३३ रन बनाए। वेस्ली बेरिसले २७ रन बनाउँदा लोगन भान बेकले २८ रन बनाए। आर्यन दतले १६ रन बनाएका थिए। -एजेन्सी । 

    २०८०, आषाढ १२ मंगलवार०७:५९:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार