बिहीबार सार्वजनिक बिदा

बिहीबार सार्वजनिक बिदा

२०८०, आषाढ १२ मंगलवार

  • 1.0K
    SHARES

  • बिहीबार सार्वजनिक बिदा

    काठमाडौं । सरकारले बिहीबार सर्वाजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा यही असार १४ गते सार्वजनिक बिदा दिएको हो ।

    गृहमन्त्रालयले आज एक सूचना जारी गर्दै बकर ईदका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

    सूचनामा भनिएको छ,’नेपाल राजपत्रमा मिति २०७९-१२-०२ गतेका दिन प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) विसं २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

    २०८०, आषाढ १२ मंगलवार०३:५९:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार