निजी विद्यालयका शिक्षकलाई सरकारीसरहकै तलब सुविधा दिन बालेनको आग्रह 

निजी विद्यालयका शिक्षकलाई सरकारीसरहकै तलब सुविधा दिन बालेनको आग्रह 

२०८०, आषाढ १४ बिहिवार

  • 945
    SHARES

  • निजी विद्यालयका शिक्षकलाई सरकारीसरहकै तलब सुविधा दिन बालेनको आग्रह 

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निजी विद्यालयका शिक्षकहरूलाई सरकारीसरहकै तलब सुविधा दिन सचेत गराएका छन् ।

    उनले सो अनुसार तलब नदिए महानगरमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।

    शिक्षा ऐन २०८ को दफा १२ (७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि सरकारले तोकेअनुसार दिनुपर्ने व्यवस्था गरेअनुसार काम गर्न उनले आग्रह गरेका छन् ।

    सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले पाउने तलब सुविधा विवरण सार्वजनिक गर्दै सोही अनुसार दिन उनले निजी विद्यालयहरूलाई भनेका हुन् ।

    अहिले माध्यमिक तह प्रथम श्रेणीले ६८ हजार १४५ रुपैयाँ मासिक तलब पाउने गरेका छन् ।

    त्यस्तै, प्राथमिक तह तृतिय श्रेणीले ३९ हजार ४८४ रुपैयाँ मासिक तलब पाउने गरेका छन् । 

    22.jpg

     

    २०८०, आषाढ १४ बिहिवार०९:५४:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार