देश बदल्न काँग्रेस बदलिनुपर्छ : महामन्त्री थापा

देश बदल्न काँग्रेस बदलिनुपर्छ : महामन्त्री थापा

२०८०, आषाढ १६ शनिवार

  • 701
    SHARES

  • देश बदल्न काँग्रेस बदलिनुपर्छ : महामन्त्री थापा

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देश बदलिन काँग्रेस बदलिनुपर्ने बताउनुभएको छ ।

    नेपाली काँग्रेस दोलखा-काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘प्रथम काठमाडौँ सम्मेलन’ लाई उद्घाटन गर्दै उहाँले काँग्रेस बदल्ने अभियानमा आफू लागि परेको उल्लेख गर्नुभयो ।

    “एउटै व्यक्ति पटक-पटक प्रधानमन्त्री बन्ने कुराले आज एकसाथ काँग्रेस, एमाले, माओवादी जस्ता पुराना पार्टी सङ्कटमा परेका छन्, जनताले नयाँ खोजेकाले यसलाई रुपान्तरण गर्न जरुरी छ”, उहाँले भन्नुभयो । प्रजातन्त्रमा एउटै व्यक्ति पटक-पटक प्रधानमन्त्री हुने देश कुनै नभएको उहाँको भनाइ छ ।

    महामन्त्री थापाले काँग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको उल्लेख गर्नुभयो । दाग लागेको काँग्रेसको महामन्त्री बन्नुभन्दा सफा काँग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको उहाँले उल्लेख गर्नुभयो ।

    उहाँले काँग्रेस बदलिएमात्रै देश बदलिने भएकाले काँग्रेस बदल्ने अभियानमा जुटन सबैलाई आग्रह समेत गर्नुभयो । महामन्त्री थापाले कांग्रेस सकियो भनेर नआत्तिन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

    उहाँले गठबन्धन सरकार परिवर्तन हुनसक्ने भए पनि काँग्रेसले सर्तसहित सरकारमा सहभागी हुने गरी नीतिगत निर्णय गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

    २०८०, आषाढ १६ शनिवार०९:३४:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार