प्रतिनिधिसभा बैठक बस्दै, आर्थिक विधेयकमाथि छलफल हुने 

प्रतिनिधिसभा बैठक बस्दै, आर्थिक विधेयकमाथि छलफल हुने 

२०८०, आषाढ १७ आइतवार

  • 549
    SHARES

  • प्रतिनिधिसभा बैठक बस्दै, आर्थिक विधेयकमाथि छलफल हुने 

    काठमाडौँ । संघीय संसदअन्तर्गत आइतबार प्रतिनिधिसभा बैठक बस्दै छ।

    आज बिहान ११ बजे बस्ने बैठकमा आर्थिक विधेयकमाथि छलफल हुने तयारी रहेको संसद् सचिवालयले जनाएको छ।

    सचिवालयका अनुसार विधेयकमाथि परेका संशोधनलाई निर्णायकरुपमा प्रस्तुत भएपछि छलफल अगाडि बढ्नेछ। साथै, आजकै बैठकबाट विधेयक पारित गर्ने तयारी गरिएको छ।

    बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आजै आर्थिक विधेयक-२०८० पारित गरियोस् भन्ने प्रस्ताव गर्ने कार्यसूची रहेको छ।

    उनले आज राष्ट्र ऋण उठाउने विधेयक-२०८० माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्तावहरू प्रस्तुत गर्नेछन्। त्यसमाथि प्राप्त संशोधनहरुलाई निणयार्थ प्रस्तुत गरिएपछि विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस हुनेछ।

    विनियोजन विधेयक यसअघि नै पारिस भइसकेको छ। अब यी विधेयक पारिस भएपछि बजेट कार्यान्वयनको बाटो खुल्नेछ।

    २०८०, आषाढ १७ आइतवार०८:३८:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार