आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

२०८०, आषाढ १७ आइतवार

  • 741
    SHARES

  • आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    यस्तै, आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

    यस्तैगरी, आज राति बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा भए पनि कोशी र मधेस प्रदेशमा भने चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। यी दुई प्रदेशमा हावा हुरीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

    २०८०, आषाढ १७ आइतवार०९:३६:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार