आज श्री एयरलाइन्सका सबै उडान स्थगित

आज श्री एयरलाइन्सका सबै उडान स्थगित

२०८०, आषाढ १७ आइतवार

  • 845
    SHARES

  • आज श्री एयरलाइन्सका सबै उडान स्थगित

    काठमाडौं । यात्रुहरुको प्रमूख रोजाईमा पर्दै आएको श्री एयरलाइन्सले आजका सबै उडान स्थगित गरेको छ ।

    सबै विमानहरुको प्राविधिक परीक्षण गर्नका लागि आजको सबै उडान स्थगित गरिएको एयरलाइन्सले जनाएको छ ।

    शनिबारमात्रै श्री एयरलाइन्सको काठमाडौंदेखि धनगढीका लागि उडेको विमान प्राविधिक समस्या देखिएपछि काठमाडौं नै फर्काइएको थियो ।

    आज सबै विमानहरुको परीक्षण गरेपछि सोमबारदेखि भने सबै उडानहरु नियमित रुपमा सञ्चालनमा आउनले एयरलाइन्सले जनाएको छ ।

    २०८०, आषाढ १७ आइतवार०९:४२:५७
    प्रतिक्रिया
    सम्बन्धित समाचार