आज गुरु पूर्णिमा, गुरुप्रति सम्मान प्रकट गरेर मनाइँदै

आज गुरु पूर्णिमा, गुरुप्रति सम्मान प्रकट गरेर मनाइँदै

२०८०, आषाढ १८ सोमवार

  • 885
    SHARES

  • आज गुरु पूर्णिमा, गुरुप्रति सम्मान प्रकट गरेर मनाइँदै

    काठमाडौं । आज गुरु पूर्णिमा । असार शुक्ल पूर्णिमाका दिन हरेक वर्ष गुरु पूर्णिमा मनाउने गरिन्छ ।

    आजको दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ ।

    आजको दिन आफूलाई शिक्षा दिने, मन्त्र दिने गुरुलाई सम्मान गर्ने दिन हो । आज पूर्णिमा व्रत ब्यास पूजा जयन्ती हो । गुरुलाई आमा–बुबा सरह सम्मान गर्ने प्रचलन छ ।

    संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ ।

    वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिइन्छ ।

    वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद‍्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ ।

    आज शिक्षालय तथा मन्दिरहरुमा बिहानै देखि विद्यार्थी एवं अन्यको भिड लागेको छ ।

    २०८०, आषाढ १८ सोमवार०७:३७:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार