कक्षा ११ मा छात्रवृत्तिका लागि काठमाडौँ महानगर आफैँले छनोट गर्ने

कक्षा ११ मा छात्रवृत्तिका लागि काठमाडौँ महानगर आफैँले छनोट गर्ने

२०८०, आषाढ १८ सोमवार

  • 849
    SHARES

  • कक्षा ११ मा छात्रवृत्तिका लागि काठमाडौँ महानगर आफैँले छनोट गर्ने

    काठमाडौँ। काठमाडौँ महानगरपालिकाले निजी विद्यालयले उपलब्ध गराउने कक्षा ११ को छात्रवृत्तिका लागि आफैँ परीक्षा सञ्चालन गर्ने भएको छ । 

    शैक्षिक सत्र २०८०/०८१ देखि महानगरले आफैँ परी सञ्चालन गरेर सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाति, आदिवासी, गरिबसहितलाई छनोटका आधार छात्रवृत्ति उपलब्ध गराउन लागेको हो ।

    विद्यार्थीहरूले योग्यताक्रमका आधारमा छात्रवृत्ति पाउने छन् ।

    काठमाडौँ महानगरका मेयर बालेन साहले महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भएबमोजिम छात्रवृत्तिका लागि परीक्षामार्फत विद्यार्थी छनोट गर्न लागिएको जानकारी दिएका छन् । 

    २०८०, आषाढ १८ सोमवार०७:५५:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार