काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो अभिव्यक्तिको गम्भीर अर्थ र असर हुन सक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती भएको प्रतिक्रिया दिएका छन्।
बुधबार राति सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
महामन्त्री शर्माले प्रधानमन्त्रीप्रति संसदमा प्रतिपक्षको आक्रोश स्वाभाविक नै भएको प्रतिक्रिया दिए।
शर्माले नेपालको प्रधानमन्त्री नेपालको संसदले चयन गर्ने हो भन्दै मित्रराष्ट्रलाई मित्रताकै सीमामा राख्ने कर्तव्य प्रधानमन्त्रीकै भएको समेत बताएका छन्।
उनले ट्वीटरमा लेखेका छन्, ‘हलुका अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती हो। नेपालको प्रम नेपालको संसदले चयन गर्दछ र गर्ने हो। मित्र रास्ट्रहरुलाई मित्रताकै सिमामा राख्ने कर्तव्य मुलत प्रमकै हो१ अतस् प्रश्न हामी नै उठाइरहेका छौँ, प्रतिपक्षको त मूल कर्तव्य नै हो !’
प्रतिपक्षी दलको अवरोधका कारण मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि महामन्त्री शर्माले विपक्षी दलमा बुद्धिमत्ता नदेखिएको भन्दै आलोचना पनि गरेका छन्।