समानुपातिक सांसद थापा बने कोशी प्रदेशको मुख्यमन्त्री, प्रत्यक्षमा २-२ पटक पराजित

समानुपातिक सांसद थापा बने कोशी प्रदेशको मुख्यमन्त्री, प्रत्यक्षमा २-२ पटक पराजित

२०८०, आषाढ २२ शुक्रवार

  • 869
    SHARES

  • समानुपातिक सांसद थापा बने कोशी प्रदेशको मुख्यमन्त्री, प्रत्यक्षमा २-२ पटक पराजित

    दमक । निकै लामो रस्साकस्सी पछि नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । विहिवार बेलुका सभामूखको समेत हस्ताक्षर प्रयोग गरेर थापा मुख्यमन्त्री बनेका हुन् ।  

    झापाको अर्जुनधारा नगरपालिका निवासी मुख्यमन्त्री थापा संघीय सांसदको निर्वाचनमा २- २ पटक पराजित भएका थिए ।

    २०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनमा क्षेत्र नं ४ बाट सामान्य ठानिएका युवा उमेदवार प्रेम गिरी र २०७४ सालको संघीय संसदको प्रत्यक्ष निर्वाचनमा क्षेत्र नं २ बाट एमालेकै उम्मेद्वार पबित्रा निरौलासँग भारी मतान्तरले पराजय व्यवहोरेका थिए । 

    तत्कालिन झापा जिल्लाको पार्टी सभापति समेत रहेका थापा जनताबाट अनुमोदन हुन नसकेपछि २०७९ सालको निर्वाचनमा प्रत्यक्षको टिकटै नलिई समानुपातिकबाट सांसद बन्ने भाग्यमानी नेतामा पर्दछन् । 

    हाल प्रदेश १ को सभापति समेत रहेका थापा आन्तरिक राजनीतिमा अनुदार नेतामा गनिन्छन् । उनी चर्चित युवा नेता गुरुराज घिमिरेलाई ४ मतले पराजित गर्दै प्रदेश सभापति बन्न सफल भएका हुन् । 

    २०८०, आषाढ २२ शुक्रवार०९:३९:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार