राजनीतिज्ञ समिर नेपालका पाईला साहित्यतर्फ पनि, दुई कृति एकसाथ बिमोचन

राजनीतिज्ञ समिर नेपालका पाईला साहित्यतर्फ पनि, दुई कृति एकसाथ बिमोचन

२०८०, आषाढ २२ शुक्रवार

  • 4.2K
    SHARES

  • राजनीतिज्ञ समिर नेपालका पाईला साहित्यतर्फ पनि, दुई कृति एकसाथ बिमोचन

    काठमाडौँ । बामपन्थी राजनीतिमा दरिलो उपस्थिति जनाउँदै आएका राजनीतिज्ञ तथा मानवअधिकारकर्मी समीर नेपालका दुई कृति एकसाथ विमोचन भएका छन् । 

    आज काठमाडौंमा सम्पन्न एक कार्यक्रमका बिच ‘वर्षका बिहानीहरू’ उपन्यास र  ‘नबिर्सने यात्रा’ यात्रा कथा साहित्यकारद्वय मेघराज शर्मा ‘मञ्जुल’ र एसपी कोइरालाले विमोचन गरे ।

    पहाडी जिल्ला भोजपुरको पोखरेमा आजकै दिन जन्मिएका समीरका दुई दाजु मञ्जुल र प्रदीप नेपाल 'सञ्जय थापा' पनि साहित्यिक क्षेत्रमा स्थापित नाम हुन् । 

    कार्यक्रममा समीक्षक डा गीता त्रिपाठीले दुवै रचना हेर्दा अत्यन्तै आकर्षक र पठनिय पाउँदा स्रष्टा समिर नेपालको साहित्यक यात्रा शुरुवाती चरणमै मन जित्ने कृति प्रकाशन भएको भन्दै प्रशंसा गरेकी थिइन् ।

    कृतिले साहित्यिक व्यक्तित्व खुलाएको टिप्पणी गर्दै पछिल्लो समयमा नियात्रा विधा लोकप्रिय भएको सन्दर्भमा ‘नबिर्सने यात्रा’ को महत्व झन् बढेको बताइन् ।

    २०८०, आषाढ २२ शुक्रवार०९:०४:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार